समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ : अध्यक्ष ओली

समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओलीले देशको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन। ७१ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पणपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेले राज्य सञ्चालन तथा प्रशासन सम्बन्धी स्वच्छ र व्यवस्थित दृष्टिकोण तय गर्दै आएको उल्लेख गरे । ‘हामी मोर्चामा हारेका हौं, युद्धमा हारेका छैनौँ’, अध्यक्ष ओलीले भने, ‘देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ।’ विकास, पूर्वाधार, सामाजिक न्याय र समानता, कला, इतिहास र वर्तमानलाई जोड्ने सन्दर्भमा एमालेले नीति तय गरेको उनले प्रष्ट पारे ।

स्थानीय तहको चुनावपछि फेरि सरकारको नेतृत्वमा एमाले आउने उनको विश्वास छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको विकासको कार्य स्मरण गराउँदै अध्यक्ष ओलीले इतिहास झल्कने, आधुनिकता टल्कने विकासको नमुना रहेको उल्लेख गरे। पुस्तक पत्रकार लोग्शरी कुँवर र संजय खड्काले लेखेका हुन । पुस्तक अध्यक्ष ओलीबारे लेखिएको छ ।

प्रतिक्रिया