व्याख्यात्मक टिप्पणीसहित एमसीसी आजै अनुमोदन गर्न गठबन्धन सहमत

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७८     ::: 124 पटक पढिएको   |  

एमसीसी आजै अनुमोदन हुने

काठमाडौं : सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । याे आजै पारित हुने बताइएकाे छ । सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शङ्का रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बैठकपछि पत्रकारसँग बोल्नुहुदै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उनको भनाइ छ ।

व्याख्यात्मक टिप्पणीमा याे इण्डाेप्यासिफिक रणनीति अन्तर्गतकाे हाेइन र याे नेपालमा नेपालकाे संविधान नै सर्वाेपरि हुन्छ र यसलाई विकास सहयाेग हाे भन्ने मात्र हामी बुझ्छाैंं भन्ने कुरा समावेश गरी साे बारेकाे छलफलपछि  एमसीसीकाे दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमाेदन गरिने बताए । पहिलाे सत्रमा छलफल हुने र दाेस्राेसत्रमा पारित हुने नेता पौडेलले बताए ।



Leave a comment

Your email address will not be published.


*