अछाममा कांग्रेसको चुनावी अभियान सुरु, केन्द्रीय सदस्य रानाले गरिन् शुभारम्भ

अछाममा कांग्रेसको चुनावी अभियान सुरु, केन्द्रीय सदस्य रानाले गरिन् शुभारम्भ

अछाम : नेपाली कांग्रेस अछामले आइतबारदेखि चुनावी अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिएको हो । अछामको मंगलसेनमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाले अभियानको शुभारम्भ गरिन् ।

शुभारम्भका क्रममा केन्द्रीय सदस्य रानाले अछामका सबै स्थानीय तहका वडाहरुमा सञ्चालन हुने अभियानमा काँग्रेसमा आबद्ध नेता तथा कार्यकर्ताहरु सक्रिय रुपमा सहभागि हुन आग्रह गरेकी छिन् ।

काँग्रेस अछामका सभापती पुष्पबहादुर शाहको सभापतित्वमा भएको अभियान समुद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य रानाले अभियानमा आम जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने बताइन् । अभियानले कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान लगाएतका महत्वपूर्ण विषयलाई नागरिकसमक्ष पु¥याउने केन्द्रीय सदस्य रानाको भनाई छ ।

 

प्रतिक्रिया