काँग्रेस एक्लै चुनावमा जानुपर्छ : नेता निधि

काँग्रेस एक्लै चुनावमा जानुपर्छ : नेता निधि

धनुषा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले काँग्रेसलाई आत्मनिर्भर पार्टी बनाउन स्थानीय तहको निर्वाचनमा एक्लै चुनावमा जानुपर्ने बताएका छन् । काँग्रेस धनुषाका नवनिर्वाचित पदाअधिकारी तथा सदस्यको प्रमाणपत्र वितरणका लागि जिल्ला निर्वाचन समितिले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

संघीय प्रणालीको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जनताले बहुमत दिनुपर्ने भन्दै बहुमत प्राप्त गर्न काँग्रेसले एक्लै चुनावमा जान तयार हुनुपर्ने उनले बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि दलवीचमा गठबन्धन भएपनि निर्वाचन प्रणालीमा प्रतिस्पर्धा हुने भएकाले हरेक दलले चुनावमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे ।

काँग्रेस नेता निधिले संघीय प्रणालीको सफल कार्यान्वयन गर्न विगतमा कम्युनिष्टलाई जनताले दुई तिहाई बहुमत दिदा पनि तिनीहरु सफल हुन नसकेकाले यस वर्ष काँग्रेसको पक्षमा माहोल भएको बताए । काँग्रेसको पक्षमा माहोल देखिएका कारण तीनै तहको निर्वाचनमा बहुमत प्राप्त हुने किसिमले जनताको घरदैलोमा गएर काँग्रेसको विचार र सिद्धान्तवारेमा जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया