किसानलाई १८ क्वीन्टल अदुवा र १२ क्वीन्टल बेसारको बीउ

किसानलाई १८ क्वीन्टल अदुवा र १२ क्वीन्टल बेसारको बीउ

दुई सय जना किसानलाई उन्नत जातको तरकारीका बीउ

दैलेख : दुल्लुका किसानहरुलाई अदुवा बेसार र उन्नत जातको तरकारीका बीउ उपलब्ध गराईएको छ । मसला बालीका लागि व्यक्तिगत फर्म तथा सामुहिक खेतीका लागि कृषि समुह र उद्यमशिल विद्यालयलाई अदुवा र बेसार उपलब्ध गराईएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले बीउ उपलब्ध गराएको हो ।

दुल्लुमा यूरोपियन यूनियनको सहयोग तथा सोसेक नेपाल, डिसिए नेपाल, लिवर्डको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । उक्त परियोजनाले व्यक्तिगत फर्म, कृषि समुह तथा विद्यालयलाई १८ क्वीन्टल अदुवा र १२ क्वीन्टल बेसारको बीउ वितरण गरेको हो ।

परियोजनाका कृषि प्राविधिक संगम विस्टका अनुसार दुल्लु नगरपालिका–२ को भानुमनु कृषि फलफूल तथा पशुपंक्षी फर्मलाई ६ क्वीन्टल अदुवा र एक क्वीन्टल बेसार, खड्का कृषि तथा पशुपंक्षी फर्मलाई दुई क्वीन्टल अदुवा र दुई क्वीन्टल बेसार उलब्ध गराईएको छ । नरेश्वर उद्यमशिल विद्यालयलाई ६ क्वीन्टल अदुवा र ६ क्वीन्टल बेसारको बीउ प्रदान गरिएको छ । यस्तै दुल्लु नगरपालिका–९ को पिपल चौतारी कृषि समुहलाई ४ क्वीन्टल अदुवा र ३ क्वीन्टल बेसारको बीउ उपलब्ध गरिएको छ ।

यहाँ जंगली जनावरको आतंक तथा खडेरीको प्रकोपबाट अन्य तरकारी बाली उत्पादनमा नकारात्मक असर गरिरहेको छ । जलवायू अनुकुलनका साथै वातवरणमा कार्बन उत्सर्जन कम गर्ने उदेश्यले व्यवसायिक प्रांगारिक मसलाबाली खेती अन्तरगर्त अदुवा र बेसारको बीउ वितरण गरिएको हो ।।

दुई सय जना किसानलाई उन्नत जातको तरकारीका बीउ

यसैबीच किसानहरुलाई उन्नत जातका तरकारीका बीउहरु समेत वितरण गरिएको छ । टमाटर, सिमी, भिन्डी, भान्टा, खुर्सानी, काक्रा र करेलाका बीउहरु किसानलाई दिईएको हो । दुल्लु नगरपालिकाभित्रका विभिन्न कृषि समुह र छलफल चौतारीमा आबद्ध २ सय किसानलाई बीउ बाँडिएको छ ।

दुल्लु नगरपालिका–४ को भण्डारी टोल कृषि समुहका ३०, सानगाएँ नागरिक छलफल चौतारीका १७, दुल्लु नगरपालिका–३ को सियाँला नाउली कृषि समुहका १८ र कृष्ण विकास कृषि समुहका ३० जना किसानलाई बीउ वितरण गरिएको छ । यसैगरी दुल्लु नगरपालिका–२ को हरियाली कृषि समुहका ३२ जना, भैरबस्थान कृषि समुहका ३० जना किसानलाई बीउ बाँडिएको छ ।
यस्तै दुल्लु नगरपालिका–१ को जनचेतना कृषि समुहका ३५,मण्डा नागरिक छलफल चौतारीका १७ र दुल्लु नगरपालिका–५ को तरियाँ बेमौषमी तरकारी उत्पादन समुहका २० जना किसानलाई तरकारीका बीउ वितरण गरिएको छ ।

हरित कृषि प्रविधिले जलवायू स्वंयम वातावरणमैत्री कृषि प्रद्धतीले कृषिका क्रियाकलापहरुबाट निस्कने हरितगृह ग्यासहरुको उत्सर्जनलाई कम गर्नुका साथै जलवायू अनुकुलन खेती गरी खाद्य सुरक्षामा सहयोग पुग्छ । यस प्रविधिले कृषि उत्पादनलाई दिगो रुपमा बढाउन सहयोग गर्ने र खाद्य तथा पोषण सुरक्षालाई टेवा पु¥याउने कृषि प्राविधिक विस्टको भनाई छ ।
‘हरित कृषि व्यवसाय, जसमा हरितगृह ग्यासहरुको उत्सर्जनलाई कम गर्नुका साथै जलवायू अनुकुलन कृषि प्रविधिको प्रयोग गरी खाद्य सुरक्षा गरिन्छ,’ कृषि प्राविधिक विस्टले भनिन् ।

प्रतिक्रिया