विद्यार्थी जीवन

विद्यार्थी जीवन


केहि दिन अगाडी म विद्यालय जाँदै थिएँ । बाटोमा एक जना बालक एउटा लट्ठी र १५÷२० वटा बाख्रा लिएर एक्लै गोठालो आएको देखेँ । हत्तपत्त उसलाई मैले सोधे । तिमी किन विद्यालय नगएको ? उसले मलाई जवाफ दियो ‘मेरो घरमा आमा र म मात्र छौं खान र लाउनका लागी आमाले मात्र काम गरेर पुग्दैन, म पढ्न थाले भने हामी खान र लाउन पाउँदैनौ ।’

मैले फेरी साधे तिम्रो बाबा कहाँ हुनुहुन्छ नी ? ऊ एकछिन नाजवाफ भयो । मैले फेरी त्यहि प्रश्न दोहो¥याएँ । उसले भन्यो ‘मेरो बाबा खाली रक्सी मात्र खानु हुन्छ, जुवातास मात्र खेल्नु हुन्छ, घरमा पनि हप्तामा एक पटक मात्र आउनु हुन्छ ।’ मैले फेरी उसलाई सोधे । तिमीलाई पढ्न मन लाग्दैन ? उसले भन्यो पढ्न मन लागेर के गर्नु म पढ्न जान पाउँदिन, पडाईका सामानहरु पनि किन्न सक्दिन । उसको यो कुरा सुनेर मलाई आफ्नै घर नजिकको दाईको याद आयो । उहाँले पढ्न पाउनु भएको छ तर यस्तै भोगाइ भाग्नु भएको छ । त्यतिकैमा मलाई फेरी अर्को दाईको पनी याद आयो । उहाँले घरबाट पढ्ने सामग्री र वातावरण पाउनु भएको हुन्छ तर उहाँको पढ्ने रुची नै छैन । उहाँ आफै पढ्न छाडेर घरमा बस्नु हन्छ । विद्यालय नगई काम गर्नुहुन्छ ।

नेपालमा कैयौँ बालबालिकाका आफ्नै कथा र व्यथा छन् । केही बालबालिकाको पढ्ने रुची हुँदा हुँदै पनी पढ्न पाएका छैनन् । विद्यालय जानबाट बञ्चित हुनुपरेको छ । केही बालबालिकाको घरबाट पढ्ने वातावरण हुँदा हुँदै पनि पढ्न छोडेर घरमा काम गर्न थाल्दछन् । कतिपय बालबालिका पढाई छोडेर मजदुरीका लागि भारतमा समेत गएका छन् । यो कतिपयको रहर होला तर धेरै जसोको बाध्यता हो ।

दैलेखको गुराँस गाउँपालिकाको बालबालिकाको बस्तुस्थिती विवरण–२०७७ का अनुसार गुराँस गाउँपालिकामा बालबालिकाको संख्या ९७१९ जना छ । सोहि विवरण अनुसार विद्यालय भन्दा बाहिर रहेको विद्यार्थीको संख्या २ जना मात्र छ । गुराँसका ९७१९ बालबालिका मध्ये जम्मा २ जना बालबालिकाले विद्यालय जीवनको अनुभव प्राप्त गर्न पाएका छैनन् । बाँकी ९७१७ जनाले विद्यार्थी जीवनको अनुभव लिन पाएका छन् । गुराँसमा २ जना बालबालिका बिद्यालय जान नपाउनुको कारण बहुअपाङ्गता भएको कारण खल्नु आएको छ । गुराँसमा मात्र यती बालबालिका छन् भने नेपाल भर कती बालबालिका बिद्यालय जान पाएका छैनन् होला तपाई एक पटक सोच्नुस् त ।

यो देशमा भएका विद्यालय जानबाट बञ्चित भएका बालबालिकाको अवस्था कस्तो होला ? ति बालबालिकाहरु कहिले विद्यार्थी जीवनको अनुभव कस्तो हुन्छ भनेर थाहा पाउलान् ? गराँस गाउँपालिकामा त बिद्यालय जान नपाएका विद्यार्थी थोरै छन् तर अन्य स्थानहरुमा निकै धेरै भएको पाइन्छ । यि सुनौला हातले कलम समाउने बेला कोही सहरका गल्लीमा छन् । कोही घरमै बसेर काम गरी रहेका छन् । कोही बालश्रममा फसेका होलान् । कोही कुलतमा लागेका होलान् त कोहीले जानी जानी विद्यालय छाडेका होलान् । कोही अन्य कुनै क्षेत्रमा होलान् । यस्ता हजारौं बालबालिका छन् । जसले अहिलेसम्म विद्यालयमा गएर विद्यार्थी जीवनको सुनौंलो अनुभव पाएका छैनन् ।

मेरो अनुभवमा विद्यार्थी जीवन एउटा अवसर हो । विद्यालयमा सबै साथीसँग मिलेर पढ्न, सबै मिलेर खेल्न, आफुलाई पढ्न लेख्न समस्या भएमा वा नजानेमा सरलाई सोध्ने, शुक्रबार हुने कार्यक्रममा सहभागी हुने र कहिले काही रमाइलो गर्ने । टिफीन टाइममा पसलमा गएर मिठो मिठो खाजा खाएको र बाटोमा पनी १० देखि १५ जनाको समुहमा रमाईलो गर्दै हाँस्दै आएको होमवर्क नगर्दा शिक्षकले रिसायर तत्कालै होमवर्क गर्न लगाएको । यी मिठा मिठा विद्यार्थी जीवनमा घटेका घटना चाहेर पनि भुल्न सकिदैन ।

केहि साथीहरु भन्छन् ‘विद्यालय एक दिन पनि जान नपाउँदा घरमा बसेर समय कसरी बिताउने हो भनेर सोच्न समेत सकिदैन् । उनिहरु अहिले यती लामो समयसम्म घरमै बस्दा कस्तो नरमाइलो लागेको होला । यो कुरा त अनुभव गरेको साथीहरुले मात्र बताउन सक्नु हुन्छ । केही केही मेरा अनुभव यस्ता छन्की अहिले आफै मन मनै सोच्दा पनी रमाईलो लाग्छ । रमाइलोको नाममा कतीपय नराम्रा काम गरेको अनुभव छ । जस्तै साथीहरुको सर्टमा कागजमा चित्र बनायर टाँसी दिने । यस्ता अनेकौ कामहरु विद्यार्थी जीवनमै हुने गर्छ ।
बाटोमा भोक लाग्दा नास्ता साटासाट गरेर खाएको कती रमाईलो हुन्थ्यो । कतीपय बालबालिकाले यी र यस्तै अनुभव समेत गर्न पाएका छैनन् । उनीहरु मात्र घरायसी काममा व्यस्त हुन्छन् । मलाई कतीपय साथीहरु भन्छन् ‘जसले विद्यालय गएर विद्यार्थीको रुपमा उत्रीदैन उसलाई भविष्यमा एक पटक पश्ताचाप हुनेछ ।’ आफुसँगैका साथीभाईहरु विद्यालय गएर पढेको र आफु पढ्न छोडी भागेर भारत गएर दुःख पाएको कयौ बालबालिका छन् । जसले आफु सानो हुँदा विद्यालय छोडेको सम्झने छन् । अनी एकपटक पश्ताचापमा पर्नेछन् ।

बाल अभियान्ता समेत रहेका लेखक गुराँस गाउँपालिका–५ गोगनपानी स्थित पार्वती मावीमा अध्ययनरत छन् ।

प्रतिक्रिया