वेवारिशे अवस्थामा भेटिए बालक, उद्धारपछि सेल्टरको संरक्षणमा

वेवारिशे अवस्थामा भेटिए बालक, उद्धारपछि सेल्टरको संरक्षणमा

दैलेख : दैलेखमा एक बालक वेवारिशे अवस्थामा फेला परेका छन् । टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा भेटिएका बालकको परिचय खुल्न सकेको छैन् । बालक सोमवार जिल्लाको दुल्लु नगरपालिका–८ पौवामा वेवारिशे अवस्थामा भेटिएका हुन् । बालकलाई इलाका प्रहरी कार्यालय दुल्लुले उद्धार गरेर आवाज संस्था दुल्लु दैलेखमा संरक्षणका लागि सोमवारै पठाएको थियो ।

मंगलवार ती बालकलाई दैलेख सदरमुकाम ल्याईएको छ । आवाज संस्थाले ती बालकलाई आपत्तकालिन आश्रयका लागि बाल हेल्पलाइन १०९८ महिला र बालबालिका केन्द्र (सेल्टर) ल्याएको हो । बालक अहिले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ महिला र बालबालिका केन्द्र (सेल्टर) को आश्रयमा छन् ।

ती बालकको मंगलवार नै दैलेख जिल्ला अस्पतालमा सामान्य उपचार गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । बालकका अभिभावकको खोजी भईरहेको र श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया