माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको फोटो

          |   प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७८     ::: 128 पटक पढिएको   |  

काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । अध्यक्ष प्रचण्डको पेजमा राखिएको पोष्टर कुलमानको असहमतिपछि सम्पादन गरिएको हो ।

अराजनीतिक व्यक्तिको तस्बिर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्बिर हटाउन माओवादीलाई आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टलाई एडिट गरेर नयाँ राखिएको हो । नयाँ पोष्टरमा प्रचण्डको मात्रै तस्बिर छ ।

पूर्वउर्जामन्त्री जनार्दन शर्माको तस्बिर पनि हटाइएको छ । यद्यपि, थुप्रै माओवादी कार्यकर्ताले फेसबुकमा कुलमानसहितको पोष्टर सेयर गरिसकेका छन् ।



Leave a comment

Your email address will not be published.


*