साताका ७ तस्विर

साताका ७ तस्विर

जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा आयोजित आगलागी र भुकम्प सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रममा आगलागी नियन्त्रणको अभ्यास गर्दै नेपाली सेनाको टोली । तस्विर : हिक्मतबहादुर नेपाली

दैलेख : ज्वाला सन्देश प्रा.लि द्धारा सञ्चालित ज्वाला सन्देश अनलाइनले ‘साताका ७ तस्विर’ श्रृंखला नियमित सञ्चालन गरिरहेको छ । तस्विर मार्फत दैलेख जिल्ला सहित समग्र कर्णालीको ऐतिहासिक, प्राकृतिक, धार्मीक एवं पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने हाम्रो उदेश्य हो । साथै आम नागरिकहरुको दैनिकीसँग जोडिएका तस्विरहरु पनि समावेश हुनेछन् ।

यो साता हामीले ‘सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता’ ‘परिवर्तनको हिस्सा बन्नुहोस्, राम्रो कामको लागि लागि पर्नुहोस्’ भन्ने नाराका साथ पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले सुरु गरेको सरसफाई अभियान अन्तरगर्त नारायण नगरपालिका– १ स्थित रानी धारा क्षेत्रमा सफा गर्दै युवाहरु, जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा आयोजित आगलागी र भुकम्प सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रममा आगलागी नियन्त्रणको अभ्यास गर्दै नेपाली सेनाको टोली, जिल्ला सदरमुकामस्थित नारायण क्याम्पस र डिभिजन वन कार्यालय नजिकैको वन क्षेत्रमा लागेको डढेलोपछिको दृष्य लगाएतका तस्विरलाई प्राथमिकता दिएका छौ ।

त्यस्तै स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिने तयारीमा रहेका म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहले आवश्यक निर्देशन दिँदै गरेको तस्बिरले पनि स्थान पाएका छन् ।

जिल्ला सदरमुकामस्थित नारायण क्याम्पस र डिभिजन वन कार्यालय नजिकैको वन क्षेत्रमा लागेको डढेलोपछिको दृष्य । तस्विर : हिक्मतबहादुर नेपाली

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिने तयारीमा रहेका म्यादी प्रहरीहरुलाई आवश्यक निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाह । तस्विर : ज्वाला सन्देश

यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फ नारायण नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउँदै निर्मला खड्का थापा लगाएत नेताहरु । तस्विर : हिक्मतबहादुर नेपाली

यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको तर्फ नारायण नगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयर पदका उम्मेदवार लोमन शर्मा र उपमेयर पदका उम्मेदवार तप्ता थापा लगाएत । साथमा एमाले जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा । तस्विर : हिक्मतबहादुर नेपाली

जिल्लाको आठबीस नगरपालिका–४ राकमकर्णालीबाट नजिकै रहेको वन क्षेत्रमा लागेको डढेलो । तस्विर : गणेश विश्वकर्मा/राकम

‘सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता’ ‘परिवर्तनको हिस्सा बन्नुहोस्, राम्रो कामको लागि लागि पर्नुहोस्’ भन्ने नाराका साथ पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले सुरु गरेको सरसफाई अभियान अन्तरगर्त नारायण नगरपालिका– १ स्थित रानी धारा क्षेत्रमा सफा गर्दै युवाहरु । तस्विर : पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान फेसबुक पेजबाट

प्रतिक्रिया