२१७ जनाले लिए उम्मेदवारी फिर्ता

२१७ जनाले लिए उम्मेदवारी फिर्ता

No photo description available.

मनाेनयम दर्ताकाे संख्यात्मक विवरण ।

दैलेख : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका २ सय १७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका ११ वटै स्थानीय तहबाट २ सय १७ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मनाेनयम फिर्तापछिकाे संख्यात्मक विवरण

निर्वाचनका लागि दैलेखमा १ हजार ९ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ११ स्थानीय तह रहेको जिल्लामा मेयर/अध्यक्षका लागि ७७ जना र उपमेय/उपाध्यक्षका लागि ६५ जनाको उम्मेदवारी परेको थियो । यस्तै वडाध्यक्षमा ४ सय ७४, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ७ सय २१, ३ सय ३८ र ३ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका   छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्तापछि एक हजार ७ सय ६६ जनाको उम्मेदवारी कायम भएको छ । ११ स्थानीय तह रहेको जिल्लामा मेयर/अध्यक्षका लागि ६३ जनाको उम्मेदवारी कायम भएको छ । ७७ जनाको उम्मेदवारी परेकामो १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै र उपमेय/उपाध्यक्षका लागि ६६ जनाको उम्मेदवारी कायम भएको छ । ६५ जनाले उम्मेदवारी दिएकोमा १० जनाले फिर्ता लिएका हुन् ।

त्यसैगरी उम्मेदवारी फिर्तापछि वडाध्यक्षमा ३ सय ८२, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ६ सय ६१, ३ सय १५ र २ सय ९० जनाले उम्मेदवारी कायम भएको छ ।

 

प्रतिक्रिया