गिरीघाटबासीको आक्रोश : ‘ठुल्ठुला आश्वासन दिने नेताले मुटु बलियो पारेर आए हुन्छ’

गिरीघाटबासीको आक्रोश :  ‘ठुल्ठुला आश्वासन दिने नेताले मुटु बलियो पारेर आए हुन्छ’

सुर्खेत : वैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न पार्टि तथा दलले प्रचार प्रसारलाई तिव्र पारेका छन् । जताततै हर्ष उल्लास छाएको छ । तर बरहताल गाउँपालिका २ गिरीघाट बासीलाई भने चुनाव आउन भन्दा नआए हुने भन्ने लागेको छ ।

२०७१ गएकोे बाढीले घरबारबिहिन भएको नौ वर्ष बित्यो । अहिले पनि अभावै अभावमा गुजरा चलाइरहेका छन् । स्थानीय प्रदेस र संघ सरकारले बसाइ व्यवस्थापन गर्छकि भन्ने आसै आसमा नौ वर्ष बिते पनि कसैले वास्ता नगरेको इमान नेपालीको गुनासो छ । २०७१ आएको बाढीले बा आमा र भाइ सधैका लागि गुमाए,’उनले भने, ‘बस्ने कतै नभएपछि जंगलको बिचमा बआएर बस्यौँ । सरकारले केही राहत दिन्छकी भन्ने आशमै नौ वर्ष बित्यो । हाम्रा दुःख कसैले हेरेन ।’

इमानजस्तै करिब दुइसय घरपरिवारको वेदना उस्तै छ । घरबारी बग्यो । थातथलो गुम्यो । घर, खेत गयो । जेनतेन ज्यान जोगाए पनि बाढीबाट बाँचेकाहरुलाई अहिले पनि मृत्युसँग संघर्ष गर्दै बाँच्नुपरेको छ । ओत लाग्ने घर छैन । पाइला टेक्ने जग्गा जमिन छैन । शिक्षा, स्वास्थ्य, खानेपानी विद्युतको पहुँचबाट टाढा छन् । साँझबिहानको छाक टार्न दिनभरि खोलामा गिट्टी बालुवा निकाल्दै आफु र परिवार पालिदै आएका छन् ।

बिहानबाट साँझसम्म पनि खोलामा हातका नग्रा खियाउदा पनि पेटभरि खान पुग्दैन । चुनावका बेला नेताले निकै आश्वासन देखाए पनि त्यो पुरा नभएर गफमै सिमित राख्ने गरेको उनीहरुको गुनासो छ । चुनावका बेला खुबै आश्वासन बाड्छन्, अहिलेको चुनावमा पनि आश्वाससन बाड्दै हिडेपनि आफुहरु नपत्याउने बसि देवि नेपाली बताउँछिन् । पहिलेको चुनावमा गफमा झुक्कियौँ उनले भनिन्, ‘अब कुनै पनि आश्वासन सुनिदैन ठुला आश्वासन देखाउनेलाई उल्टै लखेटिन्छ । ठुला आश्वासन छाट्ने नेताले मुटु बलियो पारेर आए हुन्छ ।’

सोही ठाउँकै रुपलाल विककोे पनि वेदना उस्तै छ । गिरिघाटमा बस्न थालेको नौ वर्ष भयो । दिउँसोकोे उखरमाउलो घाममा च्यातिएको पालबाट तातो बाफ शरिरमै ठोकिने गरेको उनको भनाई छ । गर्मी समयमा घाम र लामखुट्टेले सताउछ । चिसो समयमा कठ्याङ्रिदो जाडोले सताउछ । हामी बाचेर पनि मरिरहेका छौँ ।’

इमान र बसि देवि जस्तै उनलाई पनि साँझ बिहानको गर्जो टार्न हम्मे हम्मे छ । परिवारको पेटको आगो बुझाउनलाई खोलामा गिट्टी बालुवा निकालेर गुजरा चलाउने गरे पनि अहिले खोला टिप्पर ट्याक्टले खाली गरेको उनी बताउँछन् । पहिले खोलामा गिट्टी बालुवामा हातका नंग्रा खियाएर परिवार पाल्थ्यौँ त्यही पनि अहिले डोजरले खोसेको छ,’उनले भने ।

नौ वर्षअघि विस्थापित भएका सुर्खेतका करिब एक हजार ४५ परिवार बाढी पीडितको अवस्था अहिले पनि उस्तै छ । समय बदलिए पनि अवस्था उस्तै रहेको छ । अहिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहका सरकार छन । तर, बाढी पीडितको पीडा सुनेको नसुन्यै गरेका छन् ।

साँझबिहानको छाक टार्न हम्मे हम्मे

गिरिघाटस्थित छाप्रोमा बस्ने ३२ वर्षीया बसि देवि नेपाली साँझबिहानको छाक टार्न घाँस काट्ने क्रममा रुखबाट लढेर घाइते भइन् । घाँस बेचेर पाँचजना परिवारको पालनपोषण गर्ने बसि देवि कालको मुखमा पुगेर फर्किन । कालको मुखबाट उम्के पनि अहिले उनलाई हिडडुलमा निकै समस्या भइरहेको छ । अहिले दिनभरि घरमै बसेर दिन बित्ने गरेको उनी बताउँछिन् । सुकुमाया बिटालुको समस्या पनि उस्तै छ । सरकार व्यक्तिहरु प्रति उनको ठुलो आक्रोश छ ।

सरोकारवाला निकाएका मान्छेहरुलाई बस्तिमा देखिसहदैनन् । खोलामा गिट्टी कुटेर खाने पेशा पनि डोजरले खोसियो । भनेको बेला रोजगारी पाइँदैन, गिटी कुटेको पैसाले एक छाकमात्रै खान पुग्छ,’ सुकुमाया बिटालुले आक्रोश पोख्दै पोखिन, ‘लालाबाला बिरामी पर्दा उपचार छैन, चाहेर पनि स्कुल पठाउन सकेकी छैन, भोग्ने नभोग्ने समस्या हामीले झेलेका छौं । अहिले चुनावमा नेताहरुले अनुहार नदेखाएनि हुन्छ ।’

सुकुमायाको आठ जनाको परिवार छ । खोलामा गिट्टी बालुवा त कहिले मेला पात गर्दै घाँस बेचेर भए पनि आठजनाको परिवारलाई पाल्दै आएकि छन् । सोही ठाउँका विवेक नेपाली कक्षा ५ मा पढ्छन । बिहानको समय विवेक आफ्नी हजुरआमासँग गिट्टी कुट्न जान्छन । बेचेर पाएको पैसाले उनको पढाइ र घर खर्च धान्न धौधौ छ । नौ वर्षदेखि पालमुनि बसेका यी परिवारले निरन्तर अभाव खेपिरहेका छन ।

२०७१ सालको बाढीले पुर्ण क्षती भएकाहरुको तीन लाख रुपैँया प्राप्त गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्रि बिन्दमान बिष्टले बताए । ०७१ को बाढीबाट प्रभावित सुर्खेतका पुर्ण क्षती भएका सम्पुर्णलाई तीन लाख रुपैँया पाइसक्नुभएको छ,’उनले भने । अहिले यहाँ गिरिघाटमा थापाडेरा, सिस्नेरी र हरिहरपुरबाट ६५ घरधुरीको बसोबास रहेको छ ।

प्रतिक्रिया