यस्तो छ काँग्रेसबाट नारायण नगरको मेयरका उम्मेदवार निर्मला खड्काकाे प्रतिबद्धता

यस्तो छ काँग्रेसबाट नारायण नगरको मेयरका उम्मेदवार निर्मला खड्काकाे प्रतिबद्धता

दैलेख : नेपाली काँग्रेसबाट नारायण नगरपालिकाको मेयरका उम्मेदवार निर्मला कुमारी थापा खड्काको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । जिल्ला सदरमुकाममै रहेको नगरपालिकामा काँग्रेसबाट मेयरको मात्रै उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको भागबण्डा अनुसार नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उपमेयरमा उम्मेदवारी गरेको छ । नगरको उपमेयरमा एकीकृत समाजवादीबाट निवर्तमान उपमेयर सावित्री मल्ल चुनावी प्रतिस्पर्धामा छिन् ।

काँग्रेसबाट मेयरको उम्मेदवार खड्काले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार, पूर्वाधार, संस्कृति वन तथा पर्यटन र विविध शिर्षकमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन् । ं२०७४को स्थानीय तहमा नारायण नगरपालिका–७ को वडासदस्यमा निर्वाचित खड्का लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय छिन् ।

उनको प्रतिबद्धतापत्रमा नगरक्षेत्र खानेपानीको शुल्क घटाउने, एक घर एक धाराको व्यवस्थापन गर्ने, नारायण नगरपालिकाभित्रको रिंगरोड (चक्रपथ) निर्माण कार्यलाई सम्पन्न गर्ने, प्रसिद्ध तिर्थस्थल कोटिलामा पञ्चकोशी ताल निर्माणको कामलाई सम्पन्न गर्ने उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता मोवाइल बैंकिङ वा घरदैलोमै पु¥याउने, घरेलु हिंसा तथा महिलामाथी हुने हिंसामा शुन्य सहनशिलताको नीति अख्तियार गर्ने समेत प्रतिबद्धतामा उल्लेख छ ।

हेर्नुहोस् प्रतिबद्धतापत्रको पूर्ण पाठ

प्रतिक्रिया