प्रमुख पदमा दलित उम्मेदवार न्यून

प्रमुख पदमा दलित उम्मेदवार न्यून

दैलेख : संविधानको बाध्यकारी व्यवस्था छ, वडा सदस्यमा दलित उम्मेदवार अनिवार्य । त्यही संवैधानिक व्यवस्थामा टेकेर दलहरूले दलित प्रतिनिधित्व गराउनैपर्छ । तर, गाउँपालिका र नगरपालिकाका प्रमुख पदहरूमा दलित समूदायका उम्मेदवार न्यून छन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धी उम्मेदवारहरुको सूची हेर्दा प्रमुख पदमा दलित समुदायको प्रतिनीधित्व निराशाजनक देखिन्छ ।

जिल्लामा केही दलहरूले देखाउनका लागि मात्र नगण्य संख्यामा उम्मेदवार बनाएका छन् । दलहरूले जित्ने सम्भावना कम भएको, कमजोर मानिएको स्थानमा मात्र दलितलाई उम्मेदवार बनाएको गुनासो दलित अधिकारकर्मीहरूको छ । दलित समुदायलाई निर्वाचनमा आकर्षित गर्न सरकारी आरक्षण मात्र नभई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्ने अधिकारकर्मी बताउँछन् ।

११ स्थानीय तह रहेको दैलेखमा नेकपा एमालेले एउटा स्थानीय तहमा मात्र प्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले नौमूले गाउँपालिकाको अध्यक्षमा शसिराम विश्वकर्मालाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्लाका ११ वटै तहको प्रमुख पदमा दलित समुदायबाट उम्मेदवार बनाउन सकेनन् । नेपाल मजदुर किसान पार्टीले दुल्लु नगरपालिकामा लक्ष्मी कुमार विकलाई मेयरको उम्मेदवार बनाएको छ ।

आठबीस नगरपालिकाको मेयरमा उदयराम विश्वकर्मा स्वतन्त्र उम्मेदवार हुन् । जिल्लामा ११ जना प्रमुख पदमा ६३ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमाले र नेपाली काँग्रेसले ११ वटै तहमा दलित उम्मेदवार शुन्य छ । नेकपा (माओवादी केन्द्र) ले डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा कृष्णा शाही विकलाई र भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा मनिषा सोनी विकलाई उम्मेदवार बनाएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीले दुल्लु नगरपालिकाको उपप्रमुखमा खजुरा सुजीलाई उम्मेदवार बनाएको छ । आठबीस नगरपालिकाको उपमेयरमा सन्दिप कुमार विक स्वतन्त्र उम्मेदवार हुन् । गुराँस गाउँपालिकामा सम्झना कुमारी विक उपाध्यक्षको स्वतन्त्र उम्मेदवार हुन् ।

९० वटा वडा रहेको दैलेखमा दलहरुबाट वडाध्यक्षको उम्मेदवार समेत न्यून संख्यामा छन् । नेकपा एमालेले ३ वटा वडाको वडाध्यक्षमा दलित समुदायका उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले ४, नेकपा माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी पार्टीले ७ वटा वडामा दलित समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाएको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार ९० वटा वडामध्ये ७ दल र स्वतन्त्रतर्फकागरी २९ वटा वडामा दलित समुदायका नेता वडाध्यक्षको उम्मेदवार छन् ।

नेकपा एमालेबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१. कलम कामी–आठबीस नगरपालिका–२
२. दिनेश बहादुर विक–चामुण्डाविन्द्रासैनी नगरपालिका–३
३. सर्वराज सार्की–महाबु गाउँपालिका–१

नेपाली काँग्रेसबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१.पदमसिं विश्वकर्मा–आठबीस नगरपालिका–१
२.बजिरसिंह विक– आठबीस नगरपालिका–५
३. चक्र कामी–ठाटीकाँध गाउँपालिका–१
४. प्रेमबहादुर विक–नौमूले गाउँपालिका–७

नेकपा माओवादी केन्द्रबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१. महेश नेपाली– आठबीस नगरपालिका–२
२. रामबहादुर विक– आठबीस नगरपालिका–७
३. टिकाराम विक– चामुण्डाविन्द्रासैनी नगरपालिका–४
४. जगतबहादुर विश्वकर्मा– नारायण नगरपालिका–९
५. दिपक विक–भैरबी गाउँपालिका–४
६. दलबहादुर सुनार– महाबु गाउँपालिका–१

एकीकृत समाजवादीबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१.रामबहादुर सुनार–चामुण्डाविन्द्रासैनी नगरपालिका–३
२. हर्कबहादुर नेपाली–नारायण नगरपालिका–३
३. गोपाल नेपाली– नारायण नगरपालिका–५
४. नन्दबहादुर विश्वकर्मा– नारायण नगरपालिका–९
५. मनकुमारी सुनार– नारायण नगरपालिका–११
६. अर्जुनबहादुर विक–भैरबी गाउँपालिका–५
७. रुपेश विश्वकर्मा– भैरबी गाउँपालिका–७

नेपाल मजदुर किसान पार्टीबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१. मोती कामी–आठबीस नगरपालिका–१
२. पुरे कामी– चामुण्डाविन्द्रासैनी नगरपालिका–४
३.हर्कबहादुर विक–ठाटीकाँध गाउँपालिका–३
४. देवे कामी–दुल्लु नगरपालिका–७

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१.भीमबहादुर विश्वकर्मा–आठबीस नगरपालिका–८

नेपाल मजदुर किसान पार्टीबाट यी हुन वडाध्यक्षका उम्मेदवार

१.उदे कामी–चामुण्डाविन्द्रासैनी नगरपालिका–१

स्वतन्त्रतर्फका यी हुने वडाध्यक्षका उम्मेदवार

१.चेत कामी–आठबीस नगरपालिका–१
२. प्रकाश विश्वकर्मा–आठबीस नगरपालिका–६
३. बलबहादुर सुनार–भैरबी गाउँपालिका–१

प्रतिक्रिया