ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको हो : देउवा

ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको हो : देउवा

तनहुँ : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्माको ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’ उनले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे ।

ओलीले आफूबाहेक अरुलाई काम गर्न नदिने र आफूविरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटकपटक संसद् भंग गरेको देउवाको भनाइ छ ।

ओलीले गठबन्धन असफल बनाउन पटक पटक प्रयास गरेपनि निरर्थक भएको बताउँदै ओलीको अहँकारलाई चुनावी मैदानबाट सबैले जवाफ दिने समेत बताए । ‘ओलीमा आफूबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने अहँकार र घमण्ड छ’ देउवाले भने, ‘ओलीको त्यो अहँकार यही चुनावबाट सकिन्छ ।’

प्रतिक्रिया