लैंगिक हिंसा रोकथाम सवालमा  मतदाता शिक्षा कार्यक्रम

लैंगिक हिंसा रोकथाम सवालमा  मतदाता शिक्षा कार्यक्रम

दैलेख : बागेश्वरी असल शासन क्वल (बास) नेपालले दैलेख सदरमुकाममा लैंगिक हिंसा रोकथाम सवालमा  मतदाता शिक्षा कार्यक्रम गरिएको छ ।  यूएनडीपी/इएसपी र यूएन उमनको सहयोगमा बास नेपाल नेपालले आयोजना गरेको मतदाता शिक्षा कार्यक्रममा नमूनाबस्ती बादी समुदाय, निर्वाचनमा चासो राख्ने सरोकारवाला समेतको सहभागिता रहेको कार्यक्रममा चाहेको जनप्रतिनिधि छान्न प्रत्येक मतदाताले आफैले पाउनुपर्ने मतदान अधिकार र मतदान गर्ने सही तरिका विषयमा अभिमुखीकरण गरिएको थियो ।

महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्न सक्दैनन् भन्दै आफन्त र इच्छाएको व्यक्तिले आफ्नो छनौटमा मतदान गर्ने गरेको कारण प्रत्येक मतदाताले आफैले मतदान गर्न पाउने मताधिकार र बदर हुनबाट जोगिने विषयमा सहजीकरण गरिएको थियो ।

बासका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाही, बासका सुर्खेत जिल्ला कोषाध्यक्ष भगवती बीसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का दैलेख जिल्ला प्रतिनिधिले सहजीकरण गरेका थिए ।
मतदाता शिक्षापछि गरिएको नमूना मतदानमा सहभागी २३ मध्ये पाँच जनाको मतपत्र बदर भएको थियो ।

सदर मानिएका १८ मध्ये अरु पाँच जनाले कुनै पदमा चिन्ह लगाउन छुटेका, कुनैमा एक पदमा तीन–चार चिन्हमा स्वस्तिक छाप लगाएका थिए । नमूना मतदानपछि पनि मतदाताले मतपत्र चिन्ह लगाउने तरिका, सदर र बदर हुने अवस्था लगायतका विषयमा प्रयोगात्मक व्याख्या गरिएको थियो ।

प्रतिक्रिया