विकास नगर्ने नेतालाई जिताउनु थारो भैँसीलाई कुँडो ख्वाउनुजस्तै हो :ढकाल

विकास नगर्ने नेतालाई जिताउनु थारो भैँसीलाई कुँडो ख्वाउनुजस्तै हो :ढकाल

सुर्खेत : नेपाल परिवार दलका अध्यक्ष एवम पुर्व शान्ती तथा पुननिर्माण मन्त्री एकनाथ ढकालले विकास नगर्ने जनप्रतिनिधिलाई जिताउनु थारो भैँसीलाई कुँडो ख्वाउनुजस्तै भएको बताएका छन् । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेपाली राजनीतिमा ठुला दलहरुकै हालीमुहाली रहेकोले समयमै सच्चिएर जनताको सेवक भएर लाग्नुपर्ने बताए । ढकालले नेपालका ठुला राजनीतिक दलहरुले समयमै परिर्वतन गर्न नसके डाइनोश्वरजस्तै लोप हुने बताए । दलहरुलाई डाइनोश्वरको संज्ञा दिदै उनले भने,‘ ठुला राजनीतिक दलहरुलाई नेपाल आफ्नो बिर्ता सोचेका छन्,’उनले भने, ‘यस्तै अवस्था रहिरहे अफ्रिकाको डाइनोश्वर को जस्तो हविगत हुन्छ ।’

कुनै समय अफ्रिकाको जंगलमा डाइनोश्वरले समय अनुसार परिर्वतन गर्न नसक्दा लोप भयो अहिले डाइनाश्वर हेर्न म्युजियममा पुग्नुपर्छ,’उनले भने,‘त्यस्तै नेपालका ठुला राजनीतिक दलहरुले आफुलाई परिर्वतन गर्न नसके बीस वर्षपछि म्युजियममा खोज्नुपर्ने अवस्थामा पुग्नेछन् ।’

नेपालका ठुला राजनतिक दलहरुलाई झुटको खेतीको सिर्जना गरी चुनाव जित्ने र राज्य सत्ताको हालीमुहाली गर्ने प्रवृत्ति कायम रहे,’उनले भने, ‘जनताको माझमा होइन । अबको दश बिस वर्ष पछि तपाइहरुलाइ खोज्न जनताको माझमा होइन नेपालको म्युजियममा जानुपर्छ ।’अहिले पनि नेपाली जनताका समस्या ज्युँका त्युँ रहेको र गरिब निमुखा उत्पीडत जनताका आवश्यक्ता पुरा भएका छैनन् । त्यसकारणले गर्दा देशको यो अस्त व्यस्त अवस्थालाई चिर्न नयाँ विचारको आवश्यक्ता भएको र नयाँ विचार भिजनका साथ नेपाल परिवार दल मैदानमा उत्रीएको बताए । नेपाली जनताका आवश्यक्ता पुरा गर्ने एक मात्र पार्टि नेपाल परिवार दल हो,’उनले भने, ‘ त्यस्कै लागि नेपाल परिवार दलको स्थापना भएको हो ।’

नेपाल परिवार दलले आफुलाई नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा अगाडी बढाएको छ । आफुहरु संख्यामा विश्वास नगरी गुणमा विश्वास गर्ने पार्टि भएको दाबी गर्दै आएको छ । आफुहरु शान्तीपुर्ण तरिकाले आफ्ना विचारहरु जनतासामु लैजाने एक दुइ सिट जित्दै निरन्तर जनताको हितमा काम गर्ने पार्टी बन्ने अक्ष्यक्ष ढकालको दाबी छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी प्रचारप्रसारमा तिव्रता दिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलको तर्फबाट नगरपालिका, गाउँपालिका र वडा गरी ७२ ठाउँमा उम्मेदवारी रहेकोे अध्यक्ष ढकालको भनाई छ । यहि वैशाख ३० गते हुने निर्वाचनमा हामीले देशका ७३ स्थानमा चुनाव चिन्ह साँचो लिएर हाम्रा उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ,’उनले भने, ‘उहाँहलाई सहयोग गर्न अपिल गर्दछु ।’

त्यस्तै नेपाल परिवार दलका प्रवक्ता रुपसिंह भण्डारीले चुनावी कोण सभालाई सम्वोधन गर्दै भष्ट्राचारको ताला बन्द गर्नुपर्ने र विकासको ताला खोल्नुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा भएको कोण सभामा युवा नेता तथा नेपाल परिवार दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया