दैलेखमा एकीकृत समाजवादीले खाता खोल्यो

दैलेखमा एकीकृत समाजवादीले खाता खोल्यो

दैलेख : दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टीले खाता खोलेको छ । एकीकृत समाजवादी पार्टीबाट नौमूले गाउँपालिका–५ को वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर सलामी विजयी भएका हुन् । उनले ५४९ मत प्राप्त गरेको नौमूले गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सलामीसँग नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित भएका हुन् ।

सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर विक, मनबहादुर कामी, हिरा बुढा र डिलमाया सुनार विजयी भएका छन् । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

प्रतिक्रिया