काठमाडौं महानगरमा एमाले उम्मेदवार सुनिता डंगोललाई लोकप्रिय मत

          |   प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     ::: 102 पटक पढिएको   |  

काठमाडौँ : काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्। प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ ।



Leave a comment

Your email address will not be published.


*