डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा काँग्रेस विजयी

डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा काँग्रेस विजयी

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार बनेको यामबहादुर विस्ट एमालेका उम्मेदवार राजुकुमार खत्रीसँग २२२ मतान्तरले पराजित भएका हुन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष विस्टले ८६० मत प्राप्त गरे । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष खत्रीले ६३८ मत प्राप्त गरेका छन् ।

संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा यो वडामा एमालेले काँग्रेसलाई पराजित गरेको थियो । त्यसबेला सहजै जीत हात पारेको एमालेले अहिले उपविजेता बन्न पुगेको छ ।

वडामा खुल्ला सदस्य तर्फका एक जना एमालेका उम्मेदवार विजयी भएका छन् भने महिला, दलित महिला र एक जना खुल्ला सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएको बताईएको छ । डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीको अन्तिम मत परिणाम सार्वजनिक हुँदा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नगेन्द्रबहादुर मल्लले अग्रता लिएका छन् । उनले १४७९ मत प्राप्त गरेका छन् । एमालेका सुन्दरकुमार केसीले १२४१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार एलिजा थापा केसीले १४९७ मत सहित अगाडी छन् भने एमालेकी कलावती न्यौपानेले १२२३ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया