दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

 

वटा वडा रहेको नौमूले गाउँपालिकामा ५ वटा नेपाली काँग्रेस, दुई वटा वडा एकीकृत समाजवादी र एउटा वडा नेकपा एमालेले जीतेको छ ।

दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसले जितेको यो गाउँपालिकामा अहिले माओवादी केन्द्र विजयी भएको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका हुन् । उनले उनले ३ हजार २ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अधिवक्ता समेत रहेको सुवेदी जिल्लामा शालिन नेताको रुपमा चरिचित छन् ।

गाउँपालिकाको अध्यक्षमा सुवेदीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरेका छन् । बुढामगर निवर्तमान अध्यक्ष समेत हुन् । नेकपा एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए । यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् । नौमुलेमा नेकपा माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो ।

८ वटा वडा रहेको नौमूले गाउँपालिकामा ५ वटा नेपाली काँग्रेस, दुई वटा वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जीतेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नौमूले गाउँपालिका–१ का वडाध्यक्षमा नेपाली काँग्रेसका रुपेश थापामगर, २ मा काँग्रेसका दुर्गप्रसाद शर्मा, ३ मा एमालेका नरबहादुर पुरी, ४ मा काँग्रेसका चन्द्रलाल बस्नेत, ५ मा एकीकृत समाजवादीका कृष्णबहादुर सलामी, ६ मा काँग्रेसका लालबहादुर चन्द, ७ मा काँग्रेसका टेकबहादुर सिजाली मगर र ८ मा एकीकृत समाजवादीका दिपकबहादुर हमाल विजयी भएका छन् ।

प्रतिक्रिया