दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी, भत्कियो काँग्रेसको गढ

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी, भत्कियो काँग्रेसको गढ

गाउँपालिका अध्यक्षमा टोपबहादुर विसी र उपाध्यक्षमा शिवाकुमारी खड्का विजयी


गुराँस गाउँपालिकामा निर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्का । 

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का विजयी भएका हुन् ।

एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । बिसीले नेपाली काँग्रेसका खेमराज ओलीलाई ३१५ मतान्तरले पराजित गरे । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका ओलीले ४३६६ मत पाए ।

यस्तै उपाध्यक्षमा शिवाकुमारी खड्का ४६९८ मत सहित निर्वाचित भएकी छन् । खड्काले काँग्रेसकी दिपाकुमारी बिसीलाई ५८० मतान्तरले पराजित गरिन् । निवर्तमान उपाध्यक्ष समेत रहेकी बिसीले ४११८ मत प्राप्त गरिन् ।

यो गाउँपालिकाको ८ वटा वडाहरु मध्ये ६ वटा एमाले र २ वटा वडामात्रै नेपाली काँग्रेसले जीतेको छ । काँग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भुपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बिसी र ८ मा दिपेन्द्र ओली वडाध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया