दुल्लु नगरको मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ४, २०७९     ::: 283 पटक पढिएको   |  

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरको मेयरमा काँग्रेसका भरतप्रसाद रिजाल निर्वाचित भएका हुन् । रिजालले एमालेका रुद्धबहादुर शाहीलाई १ सय ३३ मतान्तरले पराजित गरे ।

मेयरमा निर्वाचित रिजालले ७ हजार ७ सय २५ मत पाउँदा एमालेका शाहीले ७७९२ मत पाए । यो नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नगरपालिका र वडाहरुमा पूर्ण चुनावी गठबन्धन भएको थियो । गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धामा नगरको मेयर काँग्रेसले जितेको हो ।

नगरको उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमालेकी विना कार्कीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई पराजित गरिन् । एमालेकी कार्कीले माओवादीका खड्कलाई ७३ मतले पराजित गरेकी हुन् ।

उपमेरमा निर्वाचित कार्कीले ७ हजार १ सय ६० मत पाउँदा माओवादीका खड्काले ७ हजार ८७ मत पाए । दुल्लुमा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा एमालेले जितेको थियो ।



Leave a comment

Your email address will not be published.


*