डुङ्गेश्वर गाउँपालिका अध्यक्ष केसीले गरे पदभार ग्रहण

डुङ्गेश्वर गाउँपालिका अध्यक्ष केसीले गरे पदभार ग्रहण

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर कुमार केसीले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले पदभार ग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डि.सीले बताए । प्रमुख प्रशासकीय अधिकृत डिसीका अनुसार आज शुक्रबार अध्यक्ष केसीले उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यलाई शपथ गराउनेछन ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेबाट सपथग्रहण गरे लगत्तै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाको कार्यालय पुगेर पदभार ग्रहरण गरेका हुन् । पदभारग्रहणपछि अध्यक्ष केसीले डुङ्गेश्वर गाउँपालिकाका आम जनताका आधारभुत आवश्यकता पुरा गर्ने गरि काम गर्ने प्रतिक्रिया दिए ।

उनले गुणस्तरिय शिक्षा, सर्भसुलभ स्वास्थ्य, एक घर एक धाराको नीति लिँदै शुद्ध खानेपानी, सुरक्षित सडक निर्माणसँगै नागरिकका जीवनशैलीमा देखिने गरी परिवर्तन ल्याउन पाँच वर्ष तल्लिन रहने अध्यक्ष केसीको भनाई छ ।

उनि नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । डुङ्गेश्वरमा एमालेले अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडा जितेको छ ।

 

प्रतिक्रिया