नारायण नगरका नवनिर्वाचित जनप्रतिनीधिलाई सोसेकको बधाई तथा सम्मान

नारायण नगरका नवनिर्वाचित जनप्रतिनीधिलाई सोसेकको बधाई तथा सम्मान

दैलेख : जिल्लाको नारायण नगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिलाई बधाई तथा सम्मान ज्ञापन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले नगरका नवनिर्वाचित जनप्रतिनीधिलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो । शनिवार संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नगरका नवनिर्वाचित प्रमुख लोमन शर्मा, उपमेयर तप्ताकुमारी खड्का सहित वडाध्यक्षहरुलाई बधाई सँगै सम्मान गरिएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख उपप्रमुख सहित वडाध्यक्षहरु सहभागि थिए । कार्यक्रममा नारायण नगरपालिकाका वडाध्यक्षहरु १ का सन्देशकुमार श्रेष्ठ, २ का रेशमबहादुर थापा, ३ का चन्द्रप्रसाद उपाध्याय, ४ का चन्द्रबहादुर कटुवाल, ६ का जनकप्रसाद न्यौपाने, ७ का खड्गबहादुर शाही, ८ का गोपालकुमा बिसी, ९ का महेन्द्र विक्रम खड्का सहभागि थिए ।

नगरका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, कोषाध्यक्ष कमला चन्द, सदस्य कमला नेपाली, सहायक कार्यक्रम निर्देशक दुर्गा गिरी, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ लगाएतले बधाई तथा सम्मान गरे ।

कार्यक्रममा बोल्दै नगरका प्रमुख लोमन शर्माले नगरक्षेत्रमा सामाजिक विकाससँगै भौतिक पुर्वाधार तथा उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्न संस्थालाई आग्रह गरेका छन् । उनले संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उपप्रमुख तप्ताकुमारी थापा खड्काले आफु महिला र बालबालिकाको सवालमा संवेदनशिल भई प्राथमिकताका साथ काम गर्ने बताइन् । ‘म विगत देखि नै महिला बालबालिकाको सवालमा काम गर्दै आईरहेको छु, अब सोसेक नेपालसँग समन्वय र सहकार्य गरेर जोखिममा परेका महिला बालबालिकालाई सहयोग पुग्ने गरी काम गर्छौ,’ उनले भनिन् ।

सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले जनप्रतिनीधिहरु महिला र बालबालिकाको सवालमा उत्तरदायी हुनुपर्नेमा जोड दिए । अध्यक्ष थापाले नगरक्षेत्रका जोखिममा परेका महिला र बालबालिकाले सहयोग प्राप्त गर्ने गरी काम गर्न जनप्रतिनीधिहरुलाई आग्रह गरे ।

प्रतिक्रिया