आज संसदमा नीति तथा कार्यक्रम पेस हुँदै

आज संसदमा नीति तथा कार्यक्रम पेस हुँदै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि आज संसदमा  नीति तथा कार्यक्रम पेस गर्दैछ ।

दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमका आधारमा आउँदो १५ गते बजेट संसदमा पेस हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

प्रतिक्रिया