माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

सल्यान : स्थानीय तहको निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ । हालै सम्पन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसलाई भोट नहाली माओवादीलाई हालेको भन्दै छिमेकीले दार्मा गाउँपालिका -२ सिलिङ्गेका तिलक वलीमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दार्मा गाउँपालिका -२ का २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकायलाई पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न निश्चल वली र चिन बहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । फरार दुवै अभियुक्तको खोजी कार्य भइरहेको र पक्राउ परेका दुई जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको उनको भनाई छ ।

स्थानीय तह निर्वाचनमा दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष देखि वडा अध्यक्षसम्म माओवादीले जितेको छ ।

प्रतिक्रिया