स्थानीय निर्वाचनमा तीनसय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय निर्वाचनमा तीनसय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाण्डौ : स्थानीय तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्  । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्  ।

काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन्  । काठमाण्डौमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन ।

जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन्  ।

स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका हुन   । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित हुनुभएको छ । तीमध्ये १३३ पुरुष र तीन महिला रहेका छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् ।

प्रतिक्रिया