शैक्षिक सत्र सुरु भएको तीन सातासम्म पनि विद्यार्थी रित्तै

शैक्षिक सत्र सुरु भएको तीन सातासम्म पनि विद्यार्थी रित्तै

मुगु :  शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन नगरपालिकाले ताकेत गरेको छ।

जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको पहुँचसमेत छैन । यस्तै, छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् ।

नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निणर्य गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निणर्य गरेको हो ।

नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आइतबार विद्यालय बन्द नगर्ने निणर्य गरेको हो । नगर प्रमुख भामका अनुसार शनिबारबाहेक अन्य दिन बिदा गर्दा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निणर्य गरिएको हो ।

प्रतिक्रिया