कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधीसँग अभिमुखिकरण कार्यक्रम गर्ने

कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधीसँग अभिमुखिकरण कार्यक्रम गर्ने

सुर्खेत: नेपाली कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधी र उम्मेदवारसँग अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।

कांग्रेसको प्रदेश कार्यसमितिको आयोजनामा पार्टीका तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुखरअध्यक्ष, उपाध्यक्ष र उम्मेदवारहरुसँग अभिमुखिकरण कार्यक्रम गर्न लागिएको हो।

जेठ २९ गते समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रम गर्न लागिएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहने छ । जिल्ला समन्वय समिति सुर्खेतको हलमा कार्यक्रमस्थल तय गरिएको महामन्त्री रोकायले बताए ।

 

प्रतिक्रिया