एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीमा चार जना सिफारिस

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीमा चार जना सिफारिस

काठमाडौं : नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।आइतबार बसेको समाजवादी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएको पार्टीका एक नेताले बताए।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रधानमन्त्री देउवाले नियुक्ति गरेपछि राष्ट्रपतिले सपथ खुवाउने छिन्।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो। ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले फिर्ता बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

प्रतिक्रिया