सुर्खेतको भेरीगंगामा जग्गाधनी पुर्जा वितरण गरिदै

सुर्खेतको भेरीगंगामा जग्गाधनी पुर्जा वितरण गरिदै

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाका चार वडाका स्थानीयहरुलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको छ ।

नगरपालिका वडा नं। ६, ७, ८ र ९ का करिब पाँच सय बढी घरपरिवारलाई स्थायी जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको हो ।

स्थानीय तह निर्वाचन अगाडि पहिलो चरणमा स्थायी जग्गाधनी पुर्जा वितरण गरिएको थियो । दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरणका लागि हक दाबी विरोधको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतले भूमि सम्बन्धि समस्या समाधान गर्न पुरक प्रमाण र कागजातहरु पेश तथा कुनै दाबी विरोध वा उजुरी गर्ने सम्बन्धि ३५ दिन म्याद थप गर्न सूचना प्रकाशन गरेको छ ।

२०७८ को दफा २० मा प्रचलित कानुन बमोजिम भुमि सम्बन्धि नेपाल सरकारले गठन गरेको समिति वा कार्यदलबाट बाँकी काम सम्पन्न गर्न आवश्यक कागजातहरुको माग गरेको हो ।

आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले कागजात पेश गर्नको लागि ३५ दिने सूचना प्रकाशित गरिनुका साथै वितरणको लागि तयारी थालिएको जानकारी दिए ।

प्रतिक्रिया