वीरेन्द्रनगरका लोकप्रिय निर्णय : जेष्ठ नागरिक, गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

वीरेन्द्रनगरका लोकप्रिय निर्णय : जेष्ठ नागरिक, गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

सुर्खेत : स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक जेठ–२३ गते बसेर विभिन्न १५ बुँदेमा निर्णय गरेको छ । कार्यपालिकाको पहिलो बैठकले जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स संचालन गर्ने कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको हो ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

बुधबार वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य सेवाको प्रभावकारी गराई सामाजिक सुरक्षाको अनुभूती गराउने ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीको यथार्त विवरण संकलन गरी निश्चित मापदण्ड कार्यविधि तयार गरिने बताइन ।

नगरप्रमुख ढकालले वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापनको लागि अनिवार्य तालिका पेस गरिने समेत बताइन् । समयमै फोहोर उठाउने अनिवार्य रुपमा समय तालिका पेस गर्न लगाइने छ,’उनले भनिन,‘सोही अनुसार भए नभएको प्रभावकारी अनुगमन गरिने छ । यदि अनुगमनका क्रममा कमजोरी देखिएको खण्डमा ठेक्का रद्ध गरिनेछ ।’

बर्षातमा डुबान हुने क्षेत्रको पनि पहिचान गर्ने

नगरपालिकाले बर्षातमा डुबान हुने क्षेत्रको पनि पहिचान गर्ने छ । वीरेन्द्रनगर १२ को तिनकुने क्षेत्र, वडा नम्बर १३ लगायतका पहाडी भागका साथै नगरका अन्य क्षेत्रहरु मध्ये जटिल प्रकृतिको डुबान भएका क्षेत्र पहिचान गरि जनप्रतिनिधि र इञ्जिनियरसहितको प्राविधिक टोली खटाइने बताइन् । खटाएकोे टोलीले प्रतिवेदन तयार पार्ने छ,’उनले भनिन्, ‘त्यसैको आधारमा दीर्घकालिन समाधानका लागि बजेट तथा स्रोतको व्यवस्थापन गरि समाधान गरिने छ,’ ढकालले भनिन ।

वीरेन्द्रनगर नगरपालिका र पिआर कन्सट्रक्सन भक्तपुरबीच वीरेन्द्रनगर ६ मा स्थापना भएको सिटी बसपार्क र बसपार्क क्षेत्र हाताभित्र बनेको संरचना प्रयोग गर्ने गरि आय ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीले सम्झौतामा उल्लेख भए बमोजिम आय, राजश्व भुक्तानी गरेको छैन,’उनले भनिन्, ‘करोडौं रकम बक्यौता समेत बढ्दै गएकोले उक्त रकम अशुलउपर गर्नका लागि दोस्रो पक्षसँग अशुल उपर गर्न अन्तिम पटक ताकेता गरिने छ ।’

नगरभित्रको सार्वजनिक /सरकारी जमिनको खोजी गरिने पनि ढकालले जानकारी दिइन् । नगरपालिका क्षेत्रमा परम्परागत कुलो, नहर बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरि अतिक्रमण हुनबाट रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गाको खोजविन गरिने भएको हो ।

लगत लिने र हालको अवस्थाको बस्तुगत र यतार्थ विवरण पनि तयार गरिने छ । र, सबैले देख्ने गरि सुचना बोर्ड राखेर सरकारी जग्गाको संरक्षण गरिने छ,’उनले भनिन्न् ।

पशुचौपायाको व्यवस्थापन गर्नका लागि गौशाला निर्माण

वीरेन्द्रनगरमा रहेका छाडा पशुचौपायाको व्यवस्थापन गर्नका लागि गौशाला निर्माण गरिने छ । त्यसका लागि प्रदेश सरकार र नगरपालिका बीच दुई पक्षिय सम्झौता समेत भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ भेरी पुल नजिक प्रशान्ती घार्मिक सामुदायिक वनमा गौशालाको पुर्वाधारजन्य संरचनाको निर्माण गरिने ढकालले जानकारी गराइन् ।

यस्तै वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सडकलाई सडक बोर्ड नेपाल मार्फत प्राप्त बजेटबाट सिघ्र मर्मत गराउने र उक्त बजेट अपुग भएमा अन्य शीर्षकबाट स्रोत व्यवस्थापन गरि मनसुन सुरु हुनुभन्दा पहिला नै मर्मत गरिसक्ने ढकालको भनाई छ । साथै नगरका अन्य स्थानहरुमा समेत जीर्ण र खाल्डा परेका खडकहरुको क्रमश रुपमामर्मत गरिने र सडक अतिक्रमण गरि राखिएका निर्माण सामग्रीको व्यवस्थापन गरिने छ ।

शैक्षिक कोष स्थापना

वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक कोषको स्थापना गर्ने भएको छ । ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव अभियान’ अन्तर्गत नगरको शैक्षिकस्तर अभिवृद्धि गर्न एक स्वेछिक कोष स्थापना गर्नका लागि आवाश्यक कानुन निर्माण गरिने छ ढकालले बताइन् । शैक्षिक कोष स्थापनका लागि प्रारम्भिक मस्यौदा पेश गर्न शिक्षा युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिइने छ,’उनले भनिन्, ‘साथै हावाहुरीले क्षति पुर्याएका स्कुलका छाना तत्काल मर्मत गरिनेछ ।’

प्रतिक्रिया