वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ २६, २०७९     ::: 71 पटक पढिएको   |  

चितवन : वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ मा रहेको नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए।



Leave a comment

Your email address will not be published.


*