जनप्रशासन फेलोशीप अन्तरगर्त स्थलगत अध्ययनले नारायण नगरलाई दिइयो १४ बुँदे सुझाव

जनप्रशासन फेलोशीप अन्तरगर्त स्थलगत अध्ययनले नारायण नगरलाई दिइयो १४ बुँदे सुझाव

दैलेख : पारस्परिक जवाफदेहिता परियोजनासंगको सहकार्यमा दायित्व नेपाल जनप्रशासन फेलोशीप २०२२ अन्तरगर्त गरिएको अध्ययनपछि नारायण नगरपालिका विभिन्न १४ बुँदे सुझाव दिईएको छ । लद्यु उद्यमको क्षेत्रमा गरिएको अध्ययनपछि उद्यमशिलता विकासका लागि सुझावहरु दिईएको हो ।
नगरपालिकामा आयोजित स्थानीय युवा र नारायण नगरपालिकाबीच भएको सहकार्य अन्तरक्रियामा उक्त सुझावहरु दिईएको हो । सुझावमा उद्यमशीलता विकासका लागि लक्षित समुदायको पहिचान गरिनु पर्ने उल्लेख छ । यस्तै उद्यमीहरुलालई एकल नभएर समूहमा आवद्ध गराई संस्थागत विकासमा जोड दिर्ने, संस्थागत विकासमा समूह नियमित बैठक, प्रस्ताव, छलफल, निर्णय, पदाधिकारी चयन, बचत तथा ऋण परिचालन, बचत बुक, ऋण परिचालनको सम्पूर्ण प्रक्रिया र घुम्तीकोषको व्यवस्था गरिनुपर्ने सुझावहरुमा उल्लेख छ ।

यस्तै स्थानीय स्रोत साधनमा आधारित व्यवसाय छनौटमा प्रोत्साहन गर्नुपर्ने, सामुहिक तथा चक्लाबन्दी गरी तरकारी खेती, बाख्रा पालन, बंगुर पालन, भैंसी पालन गर्नुपर्ने, उद्यमीको उत्पादनसंग सम्बन्धित कच्चा पदार्थको उत्पादन, पुनाउत्पादन तथा प्रवद्र्धन गरिनु पर्ने, उद्यमीलाई प्रवद्र्धन गर्ने गरी नीति नियमनै बनाएर कार्य थालनी गरिनु पर्ने सुझावमा समेटिएका छन् ।

यस्तै प्राथमिकताको आधारमा व्यवसाय प्रवद्र्धन गरिनुपर्ने, अनुगमन तथा मूल्यांकन संयन्त्र बनाई उत्कृष्ट उद्यमी पुरस्कार अथवा सम्मानको कार्यक्रम गरिनु पर्ने, अन्नबाली तथा तरकारी कृषकलाई अन्न बीमा कार्यक्रम, पशुपालक कृषकलाई पशु बीमा कुनै पनि खाले उद्यममा लागेका किसानलाई जोखिम तथा स्वास्थ्य बीमाको व्यवस्थामा गरिनुपर्ने, उद्यमीको उत्पादनको पहिलो ग्राहक स्थानीय सरकारनै बन्ने गरी नीतिमा निर्माण गरिनुपर्ने, व्यवसायको लागि लगानी मैत्री वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग समन्वय गर्नुपर्ने सुझावमा समेटिएको छ ।

पशुपंक्षी व्यवसायमा आवद्ध किसानका लागि आधुनिक खोर निर्माणसंगै तरकारी खेती प्रवद्र्धन गरी पूरक आम्दानीको स्रोत प्रवद्र्धन गरिनुपर्ने, छरिएका उद्यमीलाई समूहमा, समूहलाई सहकारीमा र सहकारीहरुलाई स्थानीय उद्यमीकै नेतृत्वामा सञ्चालन हुने गरी लघुबित्त बैंक स्थापना गर्ने गरी आवधिक योजना वनाई यथोचित बजेट व्यवस्थापन गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । समूहको उन्नत रुपमा विकसित भइसकेपछि जिविका मात्र होइन आन्तरिक अर्थ व्यवस्थामा टेवा पुग्ने सुझावमा उल्लेख छ ।

नारायण नगरपालिकाका ११ वटा वडा मध्ये ९ वटा वडाहरुमा विभिन्न समूह गठन भएको छ । ९ वटा वडामा गठन भएका समूह मध्ये ६ वटा वडामा गठन गरिएको समूहमा अध्ययन गरिएको जनप्रशासन फोलो संगिता रानाले बताइन् । पालिका अन्तरगत संचालित क्रियाकलापहरुमा कुखुरा पालन, बाख्रा पालन, बंगुरपालन, सिलाईकटाई, मुडा उत्पादन, दुना टपरी उत्पादन, पहाडी कागज उत्पानद उद्योग, भैंसी पालन समूह, तरकारी उत्पादन समूह, कृषि तथा पशुपालन फर्महरुको स्थलगत अनुगम गरिएको उनले बताइन् । १४ वटा समूह मध्ये १० वटा आयआर्जन समूह र समूह भित्रका उपसमूहसंग फर्ममै गएर सामुहिक तथा व्यक्तिगत छलफल गरिएको रानाको भनाई छ ।

नारायण नगरको मेयर लोमन शर्मा, उपप्रमुख तप्ताकुमारी थापा खड्का लगाएत सहभागि कार्यक्रममा उद्यमी तथा कृषकहरुले विभिन्न गुनासोहरु राखेका छन् । उनिहरुले सामान्य कृषकहरुले कृषि लोन पाउन नसकेको, पशु बिमा झन्झटिलो भएको लगाएतका गुनासो पोखेका हुन् ।

अन्तरक्रिया कार्यक्रम समापन कार्यक्रममा नगरका मेयर लोमन शर्माले नगरक्षेत्र भित्र रहेका लद्यु उद्यमी र कृषकहरुको समस्या समाधानमा आफुहरु प्रतिबद्ध रहेको बताए । दायित्व नेपाल जनप्रशासन फेलोशीप २०२२ अन्तरगर्त गरिएको अध्ययनपछि प्राप्त सुझावमा टेकेर आगामी नीति तथा कार्यक्रमहरु तय गर्ने मेयर शर्माको भनाई छ ।

प्रतिक्रिया