सामाजिक विभेद हटाउन जुम्लामा पारिवारिक संवाद

सामाजिक विभेद हटाउन जुम्लामा पारिवारिक संवाद

जुम्ला : सामाजिक विभेद हटाउनको लागि जुम्लाको तिला गाउँपालिका वडा नम्बर १ मा पारिवारिक संवादको थालनी गरिएको छ। किर्डाक नेपालको भकारी कार्यक्रम अन्तर्गत तीन दिने पारिवारिक संवाद गरिएको हो । परिवारबाटै विभेद र हिंसा हुने भएकोले यो संवादको थालनी गरिएको भकारी परियोजनाका जेसी अफिसर नर बहादुर शाहिले बताए ।

१० वटा जोडिलाई राखेर विभेद हुनुका कारण र समाधानका उपाय विषयमा छलफल भएको उनले बताए । झयो संवाद नमुनाको रुपमा सुरुवात भएको छ, प्रत्येक महिनामा तालिम लिएका परिवार को घरमा गएर हिंसा र विभेदको अवश्था बुझ्छौं, संवादले महिलाहरु हिंसा र विभेदका कारण बो खुलेर बोल्ने अवसर पाएका छन् ।’ उनले भने। ‘एक महिनामा निरन्तर परिवार अनुगमन गर्छौं। ‘

विगतमा परिवारमा कामकाज देखि आर्थिक क्षेत्रमा पुरुषको एकल निर्णयले विवाद र झैझगडा निम्तिने गरेको भएपनि संवादले पुरुषलाई सचेत बनाएको सहभागी बेलकोशा विकले बताइन ।

लैंगिक विभेदमा आधारित व्यवहार र हिंसा विषयमा बुझ्न यो संवाद महत्त्वपूर्ण भएको युवा सहभागी लक्ष्मण बुढाले बताए । ‘घरको कार्यबोझले पनि महिला पिडामा रहेको थाहा पाइयो, अब सबैलाई सुसूचित बनाउने प्रयास गरिने छ।’ अर्का सहभागी बल बहादुर बुढाले भने।

प्रतिक्रिया