बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्या प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्या प्रयास

काठमाडौँ : बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्या प्रयास भएको छ । भारतीय मिडियाहरुमा आएको समाचारअनुसार उनको घरअगाडि नै सार्पसुटर पुगेका थिए ।

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटर शुक्रबार मुम्बईको सलमान खानको निवासअगाडि पुगेको भारतीय मिडियाले दाबी गरेका छन् । उनको घरबाहिर पुगेका सार्पसुटर अन्तिम समयमा फर्किएका थिए ।

यसअघि यो समूहले नै गायक सिद्धु मुसेवालको हत्या गरेको भारतीय प्रहरीले अनुमान गरेको छ ।

यसअघि सलमान खान र उनका बाबुलाई मारिदिने धम्की दिँदै एक पत्र आएको मुम्बई प्रहरीले जनाएको थियो । तर, सलमान खानले आफूलाई कुनै खतरा नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया