आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै

आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ। ​

धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो।

सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो।

पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया