यस्ता छन् कुईया देउली खानेपानी योजनाबाट निर्माण भएका धारा र संरचना (फोटोफिचर)

यस्ता छन् कुईया देउली खानेपानी योजनाबाट निर्माण भएका धारा र संरचना (फोटोफिचर)

दैलेख : यी तस्विर डुङ्गेश्वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजना अन्तरगर्त निर्माण भएका धारा लगाएतका संरचना हुन् । हेल्भेटास नेपाल, डुङ्गेश्वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त योजना सम्पन्न भएको हो । कुल ८२ लाख ६ हजार रुपैयाँ लागतमा निर्माण भएको योजनाबाट एक सय १६ धारा जडान गरिएको छ ।

सुख्खा ग्रस्त क्षेत्र यहाँका नागरिकहरु नजिकै मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए । पर्यटकीय क्षेत्रको रुपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट पानी खानेपानीको सुविधा पु¥याएपछि स्थानीय बासिन्दाहरु वर्षौदेखिको दुःखबाट छुटकारा पाएको बताउँछन् ।

योजना सम्पन्न भएसँगै स्थानीय देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् । खानेपानी सुविधासँगै गाउँमा सरसफाईका गतिविधिले समेत तिब्रता पाएको छ ।

हेर्नुहाेस् तस्विरहरू :

प्रतिक्रिया