कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने

सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुफ प्रालिको आयोजनामा आगामी असार १० गतेदेखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो । प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशालाको बारेमा जानकारी दिएको छ ।

कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन र दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएकोमा केबी इन्टरटेनमेन्ट एण्ड ग्रुफ प्रालिका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी दिए । उनले कर्णालीको बारेमा चलचित्र मार्फत नेपालसहित विश्वामा पु¥याउन सहयोग पुग्ने बताए ।

उनका अनुसार कार्यशाला एक हप्तासम्म सञ्चालन हुने छ । कार्यशालामा कर्णालीका दश वटा जिल्लाबाट चलचित्र क्षेत्रमा रुचि भएका दुई/दुई जना सहभागि गराइने उनले जानकारी दिए । कार्यशालामा सहभागि हुनका लागि भने सहभागितले दुई हजार पाँचसय रुपैयाँ शुल्क बुझाउनु पर्ने छ ।

कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिएर प्रि -प्रोडक्सन, प्रोडक्सन, पोष्ट प्रोडक्सन अन्तरगत चलचित्र अनुसन्धन, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनयलगायत विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रशिक्षणमा नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीहरु शिबम् अधिकारी, दयाराम दाहाल, निर शाहलगायतले प्रशिक्षण दिने छन् ।

कर्णालीमा चलचित्र सुटिङ्ग, निर्माणको ठूलो सम्भावना रहे पनि अहिलेसम्म समेटन् नसकिएले कर्णाली पछि परेको अध्यक्ष खड्काले बताए । उनले भने, ‘कर्णालीमा धेरै सम्भावना भए पनि कर्णालीलाई जोडेर, यहाँको कथाहरुलाई चलचित्रमा ल्याउन सकिएको छैन् । कर्णालीलाई चलचित्रमा जोड्न र नेपालसहित विश्व बजारमा पु¥याउने यात्रा निर्माणका लागि यस पटक कर्णाली रोजेका हौँ ।’

गितकार तथा संगितकार हरि विष्टले चलचित्र क्षेत्रमा कर्णालीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यशालाबाट उत्पादन भएका एक जनालाई रोजगारको समेत ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया