सल्यानका युवायुवती सिप सिक्दै स्वरोजगार बन्दै

सल्यानका युवायुवती सिप सिक्दै स्वरोजगार बन्दै

सल्यान : सल्यानका शारदा नगरपालिकाका युवा सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने उद्धेश्यले सिप क्नि थालेका हुन् ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिकेको शारदा नगरपालिका कि गङ्गा बुढाथोकीले बताउँछन् । उनले भनिन् ‘सिप सिक्छौँ ।आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ गाउँमा बसेर सिप नसिक्दा बेरोजगार बन्नु परेको पिडालाई सम्झँदै उहाँले हातमा सिप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताइन् ।

शारदा नगरपालिकाले गुडिया बनाउने र बाँसका सजावटका सामाग्री निर्माण सम्बन्धी तालिम प्रदान गरेको छ ।

तालिमबाट सिकेको सिपलाई उपयोग गरी स्वरोजगार बन्ने सोच बनाएको गौरीलाल पुनले बताइन् । उनले भनिन् ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ । सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका छौँ ।’

बेरोजगार युवायुवतीहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सिपमुलक तालिम दिई रहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीलेको भनाई छ । ‘हामीले तालिम मात्र दिँदैनौँ व्यावसायिक बनाउने योजना सहित काम गरी रहेका छौँ । तालिमबाट सिकेको सिपलाई तालिममा मात्र सीमित राख्ने भन्दा पनि सिपलाई आर्थिक उपार्जनसँग जोड्न जोड्नुहोला उनले भने ।

प्रतिक्रिया