तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सोसेकको बधाई तथा सम्मान

तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सोसेकको बधाई तथा सम्मान

सुर्खेत : अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सामाजिक सेवा केन्द्र (सोसेक)ले बधाई तथा सम्मान गरेको छ । तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुलाई बधाई र सम्मान गरेको हो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा संचालित ग्रीन कर्णाली र गिफ्ट परियोजना कार्यान्वयनको विषयमा सरोकारवालासँग छलफल गरिएको थियो ।

सामाजिक सेवा केन्द्र (सोसेक)को सम्मान ग्रहण गर्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले ग्रीन कर्णाली र गिफ्ट परियोजना सफल बनाउन पालिकाको तर्फबाट पुर्ण सहयोग गर्ने बताए ।

प्रतिक्रिया