सुर्खेत उद्योग वाणिज्य संघद्धारा कुलमानको ध्यानाकर्षण

सुर्खेत उद्योग वाणिज्य संघद्धारा कुलमानको ध्यानाकर्षण

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘लो–भोल्टेज’का कारण उत्पन्न विद्युतको समस्या समाधान गरिदिन सुर्खेत उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार प्राधिकरणमै पुगेर विज्ञप्ति बुझाएका कँडेलले सुर्खेतमा अहिलेको विद्युत समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । कर्णाली प्रदेशमा १३३ केभी लाइन नआउँदासम्म अहिले सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनलाई व्यवस्थित गरेर विद्युत प्रवाह गरिदिन पनि अध्यक्ष कँडेलले आग्रह गरेका छन् ।

यसअघि संघले सुर्खेतमा लो भोज्टेजका कारण उत्पन्न समस्या समाधानका लागि महेन्द्रनगरबाट अर्को ट्रान्सफर्मर ल्याउनका लागि पनि पहल गरेको थियो । त्यसक्रममा सुर्खेतबाटै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई फोन गरेर पनि यस विषयमा ध्यानाकर्षण गराएको थियो ।

तर सुर्खेतमा बल्झिएको विद्युतको समस्या भने अझै सल्टिएको छैन । जसकारण सुर्खेत लगायत कर्णालीबासी राज्यबाटै मारमा परेका छन् ।

 

प्रतिक्रिया