सोसेक नेपालद्धारा परियोजना तथा कार्यक्रमको अनुगमन तथा छलफल

सोसेक नेपालद्धारा परियोजना तथा कार्यक्रमको अनुगमन तथा छलफल

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको अनुगमन समितिले विभिन्न परियोजनाद्धारा सञ्चालित कार्यक्रम तथा क्रियाकलापहरुको स्थलगत अनुगमन गरेको छ । सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, महासचिव महेन्द्रकुमार कार्की, कार्यसमिति सदस्यहरु कमला नेपाली बादी, कमला शर्मा लगाएतको टोलीले परियोजनाको अनुगमन गरेको हो ।

समितिले एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा संस्थाद्धारा सञ्चालित आधार परियोजना, हेल्भेटास नेपालको सहयोगमा सञ्चालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, डिसिए नेपालको सहयोगमा सञ्चालित ग्रिन कर्णाली र यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजनाको अनुगमन गरेको हो ।

आधार परियोजना परियोजना अन्तरगर्त भैरबी गाउँपालिकामा युवा क्लब तथा महिला समुहमा सहयोग गरिएको पोलीहाउसको अवस्था, आयआर्जन सहयोगको अवस्था, कृषक पाठशाला सञ्चालनपछ कृषकहरुको प्राविधिक ज्ञानमा भएको बृद्धि, युवा क्लबहरुका सदस्यहरुको कृषि सम्बन्धी क्रियाकलाप, आयआर्जन तथा कृषिको सम्भावनाको अनुगमन गरिएको हो । त्यस्तै महिला समुहहरुसँग समेत अनुगमन समितिले छलफल गरेको छ ।

अनुगमन समितिले एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तरगर्त दुल्लु नगरपालिका–६ मा सम्पन्न सिस्ने ठाकूरकुना खानेपानी तथा सरसफाई योजनाको, वडा नं. ७ मा सम्पन्न ठूलधारा खानेपानी तथा सरसफाई योजनाको ट्यांकी, खानेपानी धारा, फोहोर फाल्ने खाडल, फिल्टर, भाडा राख्ने चाङ, शौचालय सरसफाई तथा अन्य वातावरणीय सरसफाईको अवस्थाबारे अनुगमन तथा उपभोक्ताहरुसँग छलफल गरेको छ ।

यस्तै उत्थान परियोजना र ग्रिन कर्णाली परियोजना अन्तरगर्त दुल्लु नगरपालिका–२ स्थित वडापोखरा नमूना गाउँको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ । उक्त स्थानमा निर्माणाधिन बडापोखरा नमूना गाउँमा सहयोग गरिएको जलवायूमैत्री कृषि सामग्रीहरुको निर्माण तथा प्रयोगको अवस्थाबारे अनुगमन तथा स्थानीयसँग छलफल गरिएको थियो ।

त्यसैगरी उत्थान परियोजनाको सहयोगमा निर्मित वडापोखरा सोलार लिफ्ट सिंचाई योजनाको गुणस्तर लगाएतका बारेमा पनि अनुगमन समितिले स्थलगत रुपमा अवलोकन तथा स्थानीय समुदायसँग छलफल समेत गरेको छ ।

प्रतिक्रिया