दिलमायाका बुबाले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी

दिलमायाका बुबाले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी

सुर्खेत : लोकदोहोरी गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् । आइतबार साँझ सुर्खेतबाट काठमाडौँ पुगेका दिलमायाका बुबा केसर विकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।

सुनार काठमाडौँको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएकी थिइन् । उनको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पक्राउ परेका श्रेष्ठविरुद्ध जाहेरी परेको बालाजु वृत्तका डिएसपी गौतम मिश्रले पुष्टि गरे ।

प्रतिक्रिया