जसले लिफ्ट मागे उनैले हातखुट्टा बाँधेर जीप लिएर फरार

जसले लिफ्ट मागे उनैले हातखुट्टा बाँधेर जीप लिएर फरार

कैलाली : आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका -४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एकजना मानिस फेला परेका छन ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारी राजमार्ग देखि करिब १०० मिटर तर भिरमा हातखुट्टा बाधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसंग कंचनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय मुलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१-२३ च ६०२१ नम्बरको जीपमा चढेको बताए ।

जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल पुर्याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताए ।

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैया समेट लुटेर लगेको डिएसपी पाण्डेयले भन्डारीले जानकारी दिएको बताए ।

प्रहरीले घटनाबारे भण्डारीसंग बुझ्नेकाम भैरहेको र गाडी सहित फरारको खोजी भैरहेको बताए ।

 

प्रतिक्रिया