२० जना बालबालिकालाई छात्रबृति, २ जनालाई खाद्यान्न

२० जना बालबालिकालाई छात्रबृति, २ जनालाई खाद्यान्न

दैलेख : जिल्लाको नौमूले गाउँपालिकाका बालबालिकाहरुलाई छात्रबृति सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रबृति सहयोग गरेको हो । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले नौमूलेका २० जना बालबालिकाहरुलाई छात्रबृति सहयोग उपलब्ध गराएको हो ।

संस्थाका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माका अनुसार नौमूले गाउँपालिका वडा नंं. ३ भाँडेस्थित सरस्वती प्राथमिक विद्यालयका १५ जना बालबालिकाहरुलाई छात्रबृति स्वरुप झोला, कापी कलम लगाएतका सामग्री सहयोग गरिएको हो ।

यस्तै बुलबुले आधारभुत विद्यालयका ५ जना बालबालिकाहरुलाई छात्रबृति स्वरुप शैक्षिक सामग्रीहरु दिईएको छ । बाल अधिकार अनुगमन अधिकृत विश्वकर्माका अनुसार जोखिममा परेका बालबालिकाहरुका लागि छात्रबृति स्वरुप शैक्षिक सामग्री सहयोग गरिएको हो ।

यसैबिच नौमूले गाउँपालिका वडा नंं. ३ का २ परिवारलाई अशक्त र असहायलाई राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोगमा चामल, दाल, तेल लगाएतका खाद्यान्नहरु दिईएको छ । गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी लगाएतका उपस्थितीमा जोखिममा परेका बालबालिकाहरुलाई छात्रबृति तथा अशक्त र असहायलाई खाद्यान्न वितरण गरिएको हो ।

 

प्रतिक्रिया