सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

 

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो गएको थियो ।

मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका थिए । उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो ।

 

प्रतिक्रिया