मत विश्लेषण : पालिका प्रमुखले पाएको मतका आधारमा कुन क्षेत्रमा को बलियो ?

मत विश्लेषण : पालिका प्रमुखले पाएको मतका आधारमा कुन क्षेत्रमा को बलियो ?

दैलेख : २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । स्थानीय तहको निर्वाचनबाट दैलेखका ११ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले २ वटा स्थानीय तह जितेको छ ।

नेपाली काँग्रेसले प्रतिनीधि सभा निर्वाचन क्षेत्र नंं. १ मा महाबु गाउँपालिका मात्रै जित्न सफल भयो । नेकपा एमालेले तीन स्थानीय तहहरु गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र नारायण नगरपालिकामा जीत हात पारेको छ । यहि क्षेत्रमा नेकपा माओवादी केन्द्रले दुई स्थानीय तह अर्थात नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा विजयी हासिल   ग¥यो ।

प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तरगर्तका चार वटा पालिकाहरु दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिका र भैरबी र ठाटीकाँध गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । नेकपा एमालेले आठबीस नगरपालिकामा जीत हात पा¥यो ।

अब प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको चर्चा हुन थालिसकेको छ । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । हामीले दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले पाएको मतका आधारमा मत विश्लेषण गरेका छौ । नगरपालिका र गाउँपालिकाका प्रमुख÷अध्यक्षले पाएको मतका आधारमा जिल्लाको ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र २ वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्रमा कुन पार्टी बलियो भन्नेबारे विश्लेषण गरिएको छ ।

पालिका प्रमुख÷अध्यक्षले पाएको मतका आधारमा दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसले बढि मत प्राप्त परेको छ । काँग्रेसले २०७७५ मत पाउँदा एमालेले १९८८५ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रको ६२१३, नेकपा एकीकृत समाजवादीको २२६८ र नेमकिपाको २३५ मत पाएको छ ।

पालिका प्रमुखका आधारमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (क)मा नेकपा एमालेले बढि मत पाएको छ । यो प्रदेश सभामा एमालेले १००२० मत पाउँदा काँग्रेसको ९९८५ मत पाएको छ । यो प्रदेशमा माओवादी केन्द्रले २९८८ मत पाउँदा एकीकृत समाजवादीको मत शुन्य छ । नेपाल मजदुर किसान पार्टीले यो प्रदेशमा १३७ मत पाएको छ ।

प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसको मत बढि छ । यो प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगर्तका पालिका प्रमुखले पाएको मतका आधारमा काँग्रेसले १०८८० मत पाउँदा एमालेले ९८६५ मत पाएको छ । नेकपा माओवादी केन्द्रको २३२५ र एकीकृत समाजवादीको २२६८ मत छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख/अध्यक्षले पाएको मतका आधारमा दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसले बढि मत प्राप्त परेको छ । काँग्रेसले २३४७९ मत पाउँदा एमालेले २३२०८ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रको १८१७, नेकपा एकीकृत समाजवादीको ३१५ र नेमकिपाको २३८१ मत पाएको   छ ।

पालिका प्रमुखका आधारमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसको मत बढि छ । यो प्रदेश सभामा काँग्रेसले ११७०१ मत पाउँदा एमालेले ११५५२ मत पाएको छ । यो प्रदेशमा माओवादी केन्द्रको मत शुन्य छ । एकीकृत समाजवादीको मत १७८ छ । नेपाल मजदुर किसान पार्टीले यो प्रदेशमा २२०३ मत पाएको छ ।
पालिका प्रमुखका आधारमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (ख)मा नेपाली काँग्रेसको मत बढि छ । यो प्रदेश सभामा काँग्रेसले ११७७८ मत पाउँदा एमालेले ११६५६ मत पाएको छ । यो प्रदेशमा माओवादी केन्द्रले १८१७ मत पाउँदा एकीकृत समाजवादीको मत १३७ छ । नेपाल मजदुर किसान पार्टीले यो प्रदेशमा २२०३ मत पाएको छ ।

हर्नुहाेस् पालिका प्रमुखले पाएकाे मतका आधारमा तयार पारिएकाे विवरण ।

 

प्रतिक्रिया