बिहान सबेरै उठ्नुका यस्ता छन् फाइदा

बिहान सबेरै उठ्नुका यस्ता छन् फाइदा

भनिन्छ बिहान सबेरै उठ्दा आधा रोग त त्यसै पनि निको हुन्छ । अर्थात घाम झुल्किनु अघि उठ्दा हुने सकारात्मक भावले नै मानिसहरुमा आत्मवल समेत बढ्ने बताइन्छ । सुत्ने र उठ्ने तालिका नमिल्दा नै रोगै रोगको भय हुन्छ ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, कैयौं खालका शारीरिक रोगहरुको चपेटामा समेत परिन्छ । बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् ।

यी हुन् बिहान सबेरै उठ्नुका फाइदाः

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ ।
२. बिहान चाडैं उठेर कसरत गर्दा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

प्रतिक्रिया