योगा गर्नुका यस्ता छन् फाइदै-फाइदा

योगा गर्नुका यस्ता छन् फाइदै-फाइदा

काठमाडौं :  योगा तथा ध्यान गर्नु मानव स्वास्थका लागि निकै लाभदायक मानिन्छ । बिहानको समयमा योग गरेर स्वास्थ्य रहन जो कोही चाहान्छ ।

तपाई‌ंको ध्यान तथा योगा गर्ने बानी छ भने दैनिकी सहज रुपमा बिताएको महशुस पक्कै गर्नुभएको होला । यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ । खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं ।

यस्ता छन् फाइदा: 

-ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-सकारात्मक भावनाको विकास हुन्छ ।

-मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

-अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

-डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

-कुलतबाट जोगिन सहयोग पुर्याउँछ ।

-तनाव नियन्त्रण गर्छ ।

-पारिवारिक सद्भाव बढ्छ ।

-ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

-शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

-ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

-रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

-अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

-खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।

प्रतिक्रिया